Incident Reports

बानेश्वरमा यसरी भयो झडप

2015-02-28

Bagmati, Kathmandu, Kathmandu, Ward 31

एमाओवादीसहितकाे शक्ति प्रदर्शनको एउटा मोर्चा तिनकुनेबाट सुरु भएको थियो । हजारौंको जुलुस तिनकुनेबाट सुरु भएर नयाँ बानेश्वर पुग्यो । नयाँ बानेश्वरमा संविधानसभा भवन अगाडीको राजमार्गलाई निषेधित क्षेत्र तोकेर प्रहरी तैनाथ गरिएको थियो । करिव साढे १२ बजे पुगेको जुलुसले राजमार्गबाट अगाडी बढ्न पाउनु पर्ने अडान लियो । तीनकुनेबाट जुलुसको नेतृत्य एमाओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका थिए । जुलुसको आकारका कारण संविधानसभा भवन पश्चिमको गल्लीबाट लैजाने सकिने अवस्था पनि थिएन । त्यही बेला सभाभवनको अगाडि राजमार्गको बायाँबाट जुलुस लैजाने सहमति भएको कुरा आयो । त्यस क्षेत्रबाट प्रहरी पछि हट्यो । तर, जुलुसको आकारका कारण पनि त्यहाँबाट मात्र लैजान संभव थिएन । राजमार्ग बीचको प्रहरी पनि पछि हटे । जुलुस अघि बढ्यो जुलुसअघि बढेको केही क्षणमै प्रहरीले लाठी चार्ज गरे । प्रदर्शनकारीले पनि झण्डा उनिएको भाटाले प्रतिवाद गरे । त्यसपछि प्रहरीको लाठी प्रहर र अश्रुग्याँस प्रहार सुरु भयो । एक दर्जनभन्दा धेरै अश्रुग्याँसका सेल प्रहार गरियो । प्रदर्शनकारी खेद्दै संविधानसभाको पश्चिम गल्लीमा पसेको प्रहरीलाई प्रदर्शनकारीले कुटे । प्रहरीले मिनभवनस्थित सिभिल अस्पतालको छेउसम्म अश्रुग्याँस प्रहर गर्दा बाटो हिड्ने सर्वसाधारणहरु समेत मारमा परे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 40
National/Online Media

0 Comments