Incident Reports

प्रहरी हिरासतमै थुनुवाको मृत्यु

2015-03-01

Lumbini, Gulmi, Resunga

गुल्मी-चोरीको अभियोगमा प्रहरी हिरासतमा ल्याइएका थुनुवाको हिरासत कक्षमै रहस्यमय तरिकाले मृत्यु भएको छ। प्रहरीले शुक्रबार मस्जितमा चोरी भएपछि अनुसन्धानका लागि हिरासतमा राखेको रेसुङगा नगरपालिका–८ का ३९ बर्षीय रामबहादुर विकको शनिबार साँझ प्रहरी हिरासतमा नै ज्यान गएको हो। विकले हिरासत कक्षको शौचालयमा आत्महत्या गरेको प्रहरीले बताएको छ। तर आफन्तहरूले आत्महत्या नभएको भन्दै आएका छन्। झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएपनि प्रहरी आफैले पटक पटक घटनाबारे फरक जानकारी दिने गरेकोले मृत्यु रहस्यमय बन्न पुगेको हो। प्रहरीको हिरासतमा रहेकै व्यक्तिको शंकास्पद मृत्यु हुनु र प्रहरीले पटक पटक फरक तरिकाले घटनाको बारेमा ब्याख्या गर्दा मृत्यु रहस्यमय भएको मृतकका जेठान प्रेम नेपालीले बताए। 'प्रहरी सुरक्षा दिने निकाय हो,' उनले भने, 'प्रहरी कार्यालयमै मान्छे मरेपछि कसरी सुरक्षाको अनुभूति गर्ने?' प्रहरीले शुरूमा विक आफ्नै सर्टको पासो लगाएर मरेको बताएको थियो। विकसंगै रहेका ८ जना थुनुवाहरूले विक आफैले लगाएको ट्राउजरमा झुण्डिएको बताए। तर आफन्तले विक झुण्डिएको ट्राउजर देखाउन आग्रह गर्दा प्रहरीले महिलाले ओढ्नका लागि प्रयोग गर्ने चुङ्गी देखाएको छ। 'प्रहरीले कतिबेला सर्ट भन्ने, कतिबेला पाइन्ट भन्ने अनि चुङगी देखाउने गर्दा घटना रहस्यमयी देखिन्छ,' नेपालीले भने। प्रहरीले दुइ दिन हिरासतमा राख्दा सम्म जानकारी नदिएको नेपालीले बताए। मृत्यु भैसकेपछि मात्र आफन्त र परिवारलाई जानकारी गराएको नेपालीले बताए। 'साँझको खाना खाए पछि पेट दुख्यो भन्दै शौचालय पसेको रहेछ' निमित्त प्रहरी प्रमुख अम्बिकाप्रसाद गुप्ताले भने, 'तीन मिनेटपछि अर्कोले खाना खाएर हात धुन ढोका खोल्न खोज्दा त उ झुण्डिएको अवस्थामा देखियो।' अस्पताल पुर्यारउँदै मृत्यु भैसकेको बताए।

(Updated)-- प्रहरी हिरासतमा मृत्यु भएका रेसुङ्गानपा- ८ का ३९ वर्षीय रामबहादुर विकको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीका लागि पीडित परिवारले माग गरेका छन् । मस्जिदमा चोरी गरेको आरोपमा अनुसन्धानका लागि फागुन १५ गते हिरासतमा लिइएका विकको फागुन १६ गते साँझ हिरासत भित्रको शौचालयमा लाश फेला परेको थियो । पीडितका आफन्तले प्रहरी हिरासतमा रहेका व्यक्तिको रहस्यमय रूपमा मृत्यु भएको भन्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्तिको माग गदै फागुन १८ गते दिनभर जिल्ला प्रहरी कार्यालयमा धर्ना तथा प्रदर्शन गरेका छन् । पीडितले शौचालयमा आत्महत्या गरेको प्रहरीको प्रारम्मिक अनुसन्धान उल्लेख गरे पनि पीडित परिवारले घटनाको प्रकृति हेर्दा आत्महत्या गर्न सक्ने अवस्था नै नरहेको भन्दै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन् । लाशको जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिए पनि घटनाको अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक नभएसम्म दाहसंस्कार नगरिने पीडितका भाइ कृष्णले बताए । उनले हिरासतमा रहस्यमय मृत्यु हुनुमा प्रहरीको लापारबाही तथा कमजोरी भएको बताए । यसैबीच जिल्ला प्रशासन कार्यालयमा फागुन १९ गते बसेको सर्वदलीय बैठकमा पीडित परिवारको आर्थिक अवस्था नाजुक भएकोले सुकुम्बासी आयोगलाई सिफारिश गरेर बस्नका लागि जग्गा उपलब्ध गराउने, पीडितकी पत्नीलाई रोजगारीको व्यवस्था मिलाउने सहमति भएको जिल्ला प्रहरी कार्यालयका सई सत्यनारायण यादवले जानकारी दिए । लाशको आजै जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाउने र्सइ यादवले बताए । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखरा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Robbery
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports