Incident Reports

कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट

2015-02-27

Bagmati, Nuwakot, Dupcheshwar

 शिखरवेसी-२ की ५६ वर्षीया अन्तरी तामाङले आफूलाई छिमेकी २४ वर्षीया राममाया तामाङ सहित तीन जनाले धारामा पानी भर्न गएको बेला बोक्सीको आरोपमा दुर्व्यवहार गरेको भन्दै फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पीडित तामाङले फागुन १५ गते बोक्सीको आरोपमा कुटपिट गरेको र हसियाँले कपाल काटिदिएको भनी उजुरी दिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए । पीडितको उजुरीको आधारमा फागुन १७ गते नै पीडक राममायालाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य दुई जना फरार रहेको भन्दै प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । नवदीप श्रेष्ठ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments