Incident Reports

डाँका समूहद्वारा बलात्कार

2015-02-28

Madhes, Dhanusha, Mithila Bihari

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका नयाँ बस्तीकी एक २७ वर्षीया महिलामाथि डाँका समूहले शनिबार राति सामूहिक बलात्कार गरेको छ । पीडितका बाबुका अनुसार घटनापछि राति करिब १ बजे उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याइएको छ । स्त्रीरोग विशेषज्ञ डा. कल्पना बछाड र डा. रामजीसहितको चिकित्सक टोलीले उनको उपचार गरिरहेको छ । प्रहरीका अनुसार डाँका समूहले घरबाट १ लाखभन्दा बढी नगद, सुन, चाँदी लुटेको छ । पीडित महिला ३/४ वर्षदेखि पतिसँग छुट्टएिर बस्दै आएकी थिइन् । उनका १२ वषर्ीय एक छोरा छन् । घटना भएको राति उनी घरमा थिएनन् । उनका पति प्रमोद महतो आफ्नो पुस्तैनी गाउँ क्षीरेश्वर नगरपालिकाको हरिहरपुरमा बस्दै आएका छन् । पीडित महिला खसी/बाख्राको व्यवसाय गर्दै आएकी थिइन् । स्थानीय रामकिसुन यादवका अनुसार डाँका घरमा छिर्ने बित्तिकै महिलाले एक छिमेकीलाई फोन गरेकी थिइन् तर डाँकाले फोन खोसेका थिए । त्यसपछि उनले होहल्ला गरिन् र स्थानीयवासी भेला भए । 'हामी पुग्दा सर्बांग नांगो थिइन्, आँगनभरि रगत थियो,' एक छिमेकीले भने । स्थानीयवासीले तत्कालै इलाका प्रहरी महेन्द्रनगरका निरीक्षक एम झालाई फोन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments