Incident Reports

८१ वर्षीया बृद्धालाई घरनिकाला

2015-03-03

Karnali, Salyan, Bagchaur

परिवारद्वारा घरनिकाला गरिएकी वृद्धा सल्यानको श्रीनगरमा एक महिनादेखि अलपत्र परेकी छन् । दार्माकोट गाविस- ८ पैँयाडाडाकी ८१ वर्षीया वृद्धा मनी वलीलाई उनका परिवारले एक महिना अघि घरनिकाला गरेका हुन । घर निकालापछि जङ्गल र सडकपेटीमा बास वस्दै आएकी वृद्धा हाल भने शारदा नगरपालिका- २ श्रीनगर स्थित एक महिलासँग बस्दै आएकी छन् । उनलाई श्रीनगरकी स्थानीय महिला भुण्टीकुमारी भण्डारीले बजारमा अलपत्र परेको फेला पारेपछि घरमा लगेकी थिइन् । नातिनी बुहारीले सबै कपडा खोलामा लगेर फालिदिई ती वृद्धाले भनिन् जहाँ जान्छेस् जा भनेर घरबाट निकालेपछि के गर्नु । हाल सम्म पनि कोही पनि खोज्न नआएको उनले बताइन् । घरबाट कोही खोज्न नआएपछि १७ गते प्रहरीमा मौखिक उजुरी गरेको स्थानीय भुण्टीकुमारीले बताइन । घरनिकाला भएको लामो समयसम्म पनि खान लाउन समेत नपाएकी ती वृद्धा घरबाट खोजबिन समेत नहुँदा मानसिकरूपमा कमजोर बनेकी भुण्टीकुमारीले बताइन् । पीडितका पति ८४ वर्षीय पतु वली भने घरमै छन् । उनका नातिलाई फोन गरेर वृद्धालाई पालनपोषण गरेर राख भन्दा उल्टो धम्की दिएर जे पनि हुन सक्ने भनेर आफूहरुलाई समेत धम्की दिएको स्थानीय दिपक शाहीले बताए । धम्की दिने नातिको नाम र घरनिकाला भएको मिति समेत बृद्धाले बताउन सक्दिनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments