Incident Reports

प्रिन्सिपलको कुटपिटबाट बालक गम्भीर घाइते

2015-03-01

Madhes, Saptari, Bode Barsain

 बोदे बरसाईन गाविसस्थित मेरी गोल्ड इङ्गलिस बोर्डिङ्ग स्कूलमा कक्षा १ मा अध्ययनरत ९ वर्षीय सुरेश यादवलाई प्रिन्सिपल अन्जय पालले ०७१ फागुन ६ गते घाइते बनाएका छन् । साथीहरूसँग जिस्केको भन्दै आरोपितले पछाडिबाट लात्तीले हानेर लडाएपछि पीडितको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ । काचन गाविसका पीडित एक वर्षएक महिनादेखि सो विद्यालयमा बोर्डस बस्दै आएका थिए । पीडितको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । पाँच दिनको उपचारपश्चात घर फर्किएकी पीडितकी आमा जिवछीदेवी यादवले इलाका प्रहरी कार्यालय बोदे बरसाईनमा फागुन १० गते आरोपितविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् । कारबाहीका सम्बन्धमा बुझ्न फागुन १७ गते पुनः इलाका प्रहरी कार्यालय बोदे बरर्साईन पुगेकी जिवछीदेवीको पत्रकारहरुसँग भेंट भएपछि घटना सार्वजनिक भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज थापाले आरोपितले उपचार खर्च दिन स्वीकार गरेको जानकारी दिए । घटनाबारे आरोपितले भुलबस घटना भएको स्वीकार्दै उपचार खर्चको जिम्मा लिएका छन् । पीडितका बुवा शिवजी यादव वैदेशिक रोजगारीमा गएका छन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments