Incident Reports

पहिरोले कर्णाली थुनियो, तल्लो क्षेत्रका बासिन्दा जोखिममा

2015-03-03

Karnali, Kalikot, Kalika

हुम्ला सदरमुकाम सिमिकोटसँगै जोडिएको याङ्चु-९ मा आज बिहान पहिरो गएर जाँदा कर्णाली थुनिएको हो। उच्च क्षेत्रमै कर्णाली थुनिदा कालिकोट लगायत तलका जिल्लाका बासिन्दा जोखिममा परेका हुन्। कर्णाली नदी थुनिएपछि कालिकोट जिल्ला प्रशासन कार्यालयले नदी किनार आसपास रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान सूचना जारी गरेको छ। 'कर्णाली नदी आसपासका बस्ती तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छौं', निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर शाहीले नागरिकन्युजसँग भने। अग्लो ठाउँमा पहिरो गएर कर्णाली थुनिएपछि कतिबेला नदी फुटेर आउँछ भन्ने त्रासमा सर्वसाधारण छन्। निरन्तरको भारी वर्षाले हुम्‍लाको याङ्‌चु गाविस-९ मा भीषण पहिरो गएको छ। पहिरोका कारण याङ्‌चु गाविस भएर बग्‍ने कर्णाली नदी थुनिएको छ। नदी थुनिएपछि कर्णाली किनारका स्थानीय बासिन्दामा त्रास फैलिएको छ। उनीहरु आफ्‍नो घर छोडेर सुरक्षित स्थानतिर गइरहेका छन्।

0 Comments