Incident Reports

श्रीमानको हत्या गर्ने श्रीमती प्रहरीको फन्दामा

2015-03-03

Lumbini, Pyuthan, Jhimruk

प्युठानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तोरबाङ गाविस ४ मर्काबाङ निबासी ६३ बर्षका नरबहादुर पुनको हत्या गरेको आरोपमा प्रहरीले ५६ बर्षीया मनकली पुनलाई पक्राउ गरेको हो । फाल्गुण १७ गते सोही गाविसको लाटापानीमा सामान्य विवाद हुदा श्रीमती मनकलीले धकेलेर भिरबाट १० मिटर तल खसाई दिदा घाइते भएका श्रीमानलाई पुन घरमा गए पछि कुटपिट गरेको प्रहरीले बताएको छ । घरमा पुगे पछि दुबैजना विच पुनःआपसी विवाद हुदा लौरोले हानेर हत्या गरेको मनकलीले प्रहरीलाई बयान दिएको प्रहरीप्रमुख तुलबहादुर कार्कीले बताएका छन् । उनको टाउको, हात खुट्टामा गहिरो चोट लागेको प्रहरी प्रमुख कार्कीले बताए । सुरुमा घरमा मृतअबस्थामा फेला परेको भन्ने खबर आए पछि घटना स्थलमा पुगेको प्रहरीले अनुसन्धानका क्रममा हत्या गरिएको आंसकामा श्रीमतीलाई हिजो पक्राउ गरे पछि उनले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । पक्राउ परेकी उनलाई कर्तव्य ज्यान सम्बधि मुद्दा चलाउने प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports