Incident Reports

बालविवाह गराउने तीनजना घटनास्थलबाटै गिरफ्तार सिन्धुपाल्चोक

2015-03-03

Bagmati, Sindhupalchok, Helambu, Ward 6

 १४ वर्षीया एक बालिकाको इचोक गाविस -६ का १९ वर्षीय करण रसाइलीसँग बालविवाह भइरहेको बेला फागुन २० गते दिउँसो बेहुलाका बाबु सूर्यबहादुर रसाइली, बेहुला र बेहुलीका बाबुलाई प्रहरीले गिरफ्तार गरेको छ । बालविवाहविरुद्ध जिल्ला बाल सञ्जालका एक सदस्यले इलाका प्रहरी कार्यालयमा फागुन १८ गते उजुरी गरेपछि बालविवाह गर्ने र गराउनेलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । आरोपितहरूलाई कानुनी कारबाही गरिने इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर चन्द्रबहादुर थापाले बताए । बिहान इचोक गाविसबाट विवाहको लागि ५० जना जन्ती गएका थिए । बालविवाह गर्ने र गराउनेलाई प्रहरीले गिरफ्तार गरेपछि जन्तीहरूले विवाह रोक्न पाइँदैन भन्दै इलाका प्रहरी कार्यालय घेराउसमेत गरेका थिए । नातिबावु धिताल

0 Comments