Incident Reports

देउरानी हत्याका आरोपित जेठानी धरौटीमा रिहा

2015-03-05

Madhes, Saptari, Rajbiraj, Ward 8

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७१ पुस ३ गते पोष्टमार्टम भएको थियो । पीडितका पति ३८ वर्षीय कुशेश्वर यादवले आरोपितहरूविरुद्ध दिएको किटानी उजुरी जिल्ला प्रहरी कार्यालयले ०७१ माघ ९ गते दर्ता गरेको थियो राजविराज नपा-१० की ३५ वर्षीया कान्छी भनिने अम्बिकादेवी यादवको हत्या आरोपमा उनकी जेठानी सुहागवती यादव र निजकी छोरी ललिता यादवलाई अदालतले ०७१ फागुन २० गते धरौटीमा रिहा गरेको छ । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलाशले अदालतमा हाजिर भएका आरोपितहरूलाई पछि बुझ्दा ठहरे बमोजिम हुने गरी जनही ४५/४५ हजार धरौटीमा रिहा गरेको अदालतले जनाएको छ । न्यायाधीश पौडेलको इजलासलेबाट सुहागवतीका पति ६० वर्षीय सत्यनारायण यादव फागुन ४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । घरायसी विवादमा आरोपित सत्यनारायणले ०७१ पुस ३ गते विहान गरेको कुटपिटबाट पीडितको सोही दिन दिउँसो २ः३० बजे उपचारका क्रममा धरानस्थित वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । मृतकको वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७१ पुस ३ गते पोष्टमार्टम भएको थियो । पीडितका पति ३८ वर्षीय कुशेश्वर यादवले आरोपितहरूविरुद्ध दिएको किटानी उजुरी जिल्ला प्रहरी कार्यालयले ०७१ माघ ९ गते दर्ता गरेको थियो । मनोहरकुमार पोखरेल। मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments