Incident Reports

बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2015-03-05

Province 1, Udayapur, Triyuga, Ward 6

Bharat Khadka १७ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भलायडाँडा गाविस-२ का ३० वर्षीय समरबहादुर श्रेष्ठलाई जिल्ला अदालतले फागुन २१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाशचन्द अधिकारीको एकल इजालासले प्रहरी हिरासतमा रहेका आरोपित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपितबिरुद्ध पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा निवेदन दिएका थियो । माघ २४ गते आफन्तको जाग्राममा गएकी बालिकालाई राति सुतिरहेको समयमा आरोपितले बलात्कार गरेको पीडित परिवारले दिएको उजुरीमा उल्लेख छ । घटना भएको चार दिनपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए । पीडितको माघ २८ गते जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण भएको थियो । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments