Incident Reports

पत्नी हत्याको आरोपमा पति गिरफ्तार

2015-03-06

Bagmati, Kabhrepalanchok, Bethanchowk

पत्नीको हत्या गरेको आरोपमा काभे्र जिल्ला बोल्देफेदी गाविस -८ घर भइ हाल काठमाडौँ कामनपा १८ भुरुङखेल डेरा गरी बस्ने ३५ वर्षीय वाङ्गेल तामाङलाई फागुन २२ गते प्रहरीले गिरफ्तार गरेको छ । घरायसी वादविवादको क्रममा वाङ्गेलले पत्नी ४२ वर्षीया सानो कान्छी तामाङलाई धारिलो हतियारले रेटी फागुन २१ गते राती हत्या गरेका थिए । महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरी टोलीले वाङ्गेललाई गिरफ्तार गरी आजै थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त लैनचोर पठाएको हनुमानढोका परिसरले जनाएको छ । साथै कामनपा १८ भुरुङखेल दुकुचा गल्लीस्थित सुन्दरमणि कर्माचार्यको घरमा डेरामा बस्दै आएका ती दम्पतीबीच के पेशा गरी जीवनयापन गर्ने भन्नेबारेमा वादविवाद भएको र सोही निहुँमा पत्नी सुतिरहेको अवस्थामा वाङ्गेलले घाटी रेटी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको हनुमानढोका परिसरले जनायो । विवेक ढुङ्गाना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments