Incident Reports

अपाङ्ग युवती बलात्कार घटनाका आरोपित प्रहरी हिरासतमा

2015-03-05

Sudurpashchim, Dadeldhura, Alital, Ward 3

Rajendra Thagunn २५ वर्षीय एक अपाङ्ग युवतीलाई ०७१ फागुन २१ गते बलात्कार गरेको आरोपमा आलिताल गाविस -५ डोला बस्ने ४० वर्षीय टोपबहादुर गाहा मगरलाई ०७१ फागुन २२ गते हिरासतमा लिएको छ । आरोपितलाई आलिताल प्रहरी चौकीले फागुन २१ नै गिरफ्तार गरी ०७१ फागुन २२ गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा पुर्‍याएको थियो । पीडितको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ मुद्दा फाँटका सई करबिर ऐरले बताए । 

अशक्त महिलालाई बलात्कार गर्ने डडेल्धुरा आलितालका टोपबहादुर गाहामगरलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला सुनाएको छ। अदालतले शुक्रबार गरेको फैसलाअनुसार उनलाई रु ५० हजार जरिवानासमेत गरिएको छ। गत हप्ता पुर्पक्षका लागि कारागार चलान गरिएका आलिताल गाविस–५ का ४५ वर्षीय गाहामगरलाई आज सो फैसला सुनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक करवीर सिंह ऐरले जानकारी दिए। हिँड्डुलसमेत गर्न नसक्ने सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको अभियोगमा गाहामगर पक्राउ परेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments