Incident Reports

मानव बेचबिखनका आरोपित पुर्पक्षका लागि थुनामा

2015-03-07

Bagmati, Rasuwa, Parbati Kunda

 चिलिमे गाविस-४ पाजुङ गाउँका १७ र १५ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फलैजान लागेको आरोपमा प्रहरी हिरासतमा रहेका भारतीय नागरिक ३८ वर्षीय चन्द्रकिशोर राउत कुर्मी र १८ वर्षीय संजितकुमार साहलाई ०७१ फागुन २२ गते जिल्ला अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला न्यायाधीश राजु खतिवडाको आदेशले थुनामा राख्न आदेश दिएको रसुवा अदालतका श्रेश्तेदार ढाकाराम पौडेलले बताए । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना भारतीय नागरिकमध्ये दुई जनालाई काठमाडौँ जान लागेको अवस्थामा बसबाट तीन पिप्ले प्रहरीले चौकीबाट प्रहरीले ०७१ माघ २३ गते गिरफ्तार गरेको थियो । हेमनाथ खतिवडा

0 Comments