Incident Reports

दमकका व्यापारी हराए

2015-03-07

Province 1, Jhapa, Damak

दमक झापाको शिवसताक्षी नगरपालिका ७ स्थित दुधे बजारका ब्यापारी राम मैनाली हिजो बेलुका देखि बेपत्ता भएका छन् । दुधे बजारमा सुनचांदी पसल सञ्चालन गरेर बसेका मैनालीको खोजीका लागी प्रहरी परिचालन गरिएपनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन । स्थानियबासिन्दाका अनुसार शनिबार दिउसो श्रीमती सहित दमक आएर फर्केका मैनालीले श्रीमतीलाई दुधेमा छोडेर जग्गाको बिवाद छ मिलाउन जान्छु भन्दै बिर्तामोडतिर लागेका थिए । बा ८ च ८०७७ नम्बरको निजी गाडीमा रहेका मैनालीको गाडी सुरुंगा चोकमा पार्किङ गरेको अवश्थामा छ । गाडीमा मैनालीले प्रयोग गरेको मोबाइल फोन पनि छोडिएको प्रहरीले जनाएको छ । सीसी क्यामेरको फुटेज अनुसार मैनालीका गाडी सांझ ५बजेर १२ मिनेटमा सुरुंगामा पार्किङ गरेको देखिन्छ । इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक बिनोद निरौलाका अनुसार अहिले मैनालीको खोजीका लागी बिभिन्न टोली परिचालन गरिएको छ । बिहानसम्म सम्पर्कमा नआएपछि मैनाली परिवारले प्रहरीमा खबर गरेको हो । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख एसपि रबिन्द्रनाथ रेग्मीका अनुसार मैनाली अपहरणमा परेका हुन् कि भन्ने आशंकामा प्रहरी परिचालन गरेर खोजी भइरहेको छ । अनुसन्धानको क्रममा अहिले तीनजना ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports