Incident Reports

सापटी दिएको चार सय रुपैयाँ नदिएको झोकमा छिमेकीको हत्या

2015-03-07

Gandaki, Lamjung, Dordi

लमजुङको पाचोकमा एक व्यक्तिले सापट लिएको रकम फिर्ता नदिएको भन्दै कुटपिट गर्दा एक जनाको ज्यान गएको छ । पाचोक–५ पाचोकबेसीका ३३ वर्षका महेन्द्र गुरुङको कुटपिटबाट पाचोक–७ का ५० वर्षका जामु गुरुङको ज्यान गएको हो । आफूले दिएको चार सय रुपैयाँ फिर्ता नदिएको भन्दै महेन्द्रले जामुलाई शनिबार राति कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका जामुको उपचारकालागि सदरमुकाम बेसिशहर ल्याउँदै गर्दा आइतबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार बिहान जामुले पैसा सापटी मागेपछि आफूसँग पैसा नभएको र क्लबको पैसामात्रै भएको भन्दै महेन्द्रले चार सय रुपैयाँ सापटी दिएका थिए । बेलुकी सापटी रकम माग्दा नदिएपछि महेन्द्रले जामुलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । महेन्द्रलाई पक्राउ गरिएको र घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports