Incident Reports

पुलिस कुट्ने कार्यकर्ता छोड्न एमाले नेताको दबाब

2015-03-06

Gandaki, Kaski, Pokhara Lekhnath

 ड्यूटीमा रहेका प्रहरी कुटेको अभियोगमा पक्राउ परेका युवा संघका नेता छोड्न एमाले नेताहरुले प्रहरीलाई चर्को दबाब दिएका छन । पर्यटकीय क्षेत्र लेकसाइस्थित ओजन डिस्कोमा झगडा भएपछि बुझ्न गएका प्रहरी जवान भीम बहादुर रानामाथि कुटपिट गर्ने युवा संघका नेतासहितलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । कुटपिटबाट रानाको टाउकोमा गम्भीर चोट लागेको छ । आक्रमणलगत्तै प्रहरीले ओजन डिस्कोका संचालक एवम् एमाले युवा संघ गण्डकीका उपाध्यक्ष शिव गुरुङ(महेन्द्र भोटे) सहित १२ जनालाई शुक्रबार राती पक्राउ गरेको थियो । धम्कीका भाषा प्रयोग गर्दै तत्काल छोड्न एमालेका नेताहरुले चर्को दबाब दिएका छन’ प्रहरी स्रोतले भन्यो ‘दबाब दिने क्रममा गृहमन्त्रीको समेत डर देखाएका छन ।’ प्रहरी स्रोतका अनुसार दबाब दिनेमा एमालेका बहालवाला मन्त्रीदेखि सभासद् र कास्कीका जिल्लास्तरीय नेताहरु छन् । युवा संघका केन्द्रिय पदाधिकारीले पक्राउ परेकाको बचाउ गरिरहेका छन् । उनीहरुले पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखहरुलाई कारबाही प्रक्रिया अघि नबढाई छोडिदिन दबाब दिईरहेका छन् । कसैको दबाबसामू आफु नझुक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए । ‘कानुन हातमा लिएर अपराधिक गतिविधि गर्ने जोसुकै भएपनि कारवाहीको दायरामा ल्याई छोड्छु’ उनले भने ‘कसैको दबाबसामू झुक्दिनँ ।’







डिस्कोमा प्रहरीको टाउको फोड्नेविरुद्ध सोमबार प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा लगाएको छ। एमाले युवा संघ गण्डकीका उपाध्यक्ष महेन्द्र भोटे भनिने शिव गुरुङले लेकसाइडमा चलाएको ओजन डिस्को एन्ड कम्प्लेक्समा शुक्रबार राति प्रहरी जवान भीमबहादुर रानामाथि सांघातिक आक्रमण भएको थियो। डिस्कोमा दुई पक्षबीच झडप भएपछि पुगेका प्रहरीमाथि त्यहाँका बाउन्सरले फलामको रडले हानेर टाउको फुटाएको प्रहरीले जनाएको छ। प्रहरीले पोखरा १५ का २७ वर्षीय किरण गुरुङ, प्रशान्त गुरु ङ र अनिल गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा थपेर अनुसन्धान सुरु गरेको छ। यसैगरी पोखरा १२ लालीगुराँस टोलका ३२ वर्षीय डान्स क्लब सञ्चालक एवं युवा संघ गण्डकीका उपाध्यक्ष महेन्द्र गुरुङ, माटेपानीका दिलबहादुर गुरुङ, लेखनाथ बाघमाराका हरि अधिकारी, पोखरा १५ का राजु गुरुङ, शिशिर भुजेल, बालकृष्ण राना, गोपी गुरुङ र पोखरा १४ मझेरीपाटनका सोम गुरुङलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रहरीले स्याङ्जा चापाकोट घर भई पोखरा पृथ्वीचोक बस्ने रोशन भन्ने तुलबहादुर थापा, सुर्खेत लाटीकोइली घर भई पोखरा नयाँबजार बस्ने जीवन वली, पोखरा ७ रत्नचोकका रवीन गुरुङ, पोखरा ६ गौरीघाटका सुशील गुरुङ र अर्जुन गुरुङविरुद्ध पनि सार्वजनिक अपराधको मुद्दा चलाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN M
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Abducted o
Total damaged Buildings o
Severely damaged Buildings o
Totally damaged Vehicles o
Severely damaged Vehicles o
National/Online Media

0 Comments

Related Reports