Incident Reports

भारतमा बेचिएका दुई बालकको उद्दार

2015-03-09

Province 1, Morang, Biratnagar

भारतमा कामदारको रुपमा लगेर बेचिएका दुई जना बालकलाई उद्धार गरिएको छ । भारतमा लगेर श्रम शोषण गरिएका मोरङको डायनियाका दुईजना बालकलाई सीमा नाका रानीबाट उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको हो । भारतको दिल्लीमा श्रम शोषणमा परेका मोरङ डाइनियाका १३ वर्ष बालकहरु मोहम्म अबु तालिम र मोहम्म इन्ताजलाई विराटनगरस्थित माइती नेपालले अभिभावकको जिम्मा लगाएको हो । उनिहरुलाई मोरङकै आमबारीका मोहम्मद साजनले दुई महिना अघि राम्रो काम लगाइदिने भन्दै दिल्ली पुर्याएको उद्धार गरिएका बालकहरुले बताएका छन् ।

0 Comments