Incident Reports

नेकपा-माओवादीद्वारा जग्गा कब्जा

2015-03-12

Karnali, Dolpa, Tripurasundari

 लिकु गाविस-४ लिकुगाउँका ५१ वर्षीय रबिलाल खत्री ५९ वर्षीय मोत्रि्रसाद पहाडी ६९ वर्षीय नारायण गिरी र ६५ वर्षीय रत्नप्रसाद खत्रीको ल्हाँ गाविस ५ र ६ मा रहेका जग्गा नेकपा- माओवादीका स्थानीय कार्यकर्ताले कब्जा गरेका छन् । विगत सशस्त्र द्वन्द्वको समयमा एनेकपा माआवादीले भ्रष्ट र भूमाफियालाई कारबाही स्वरुप उक्त जग्गा आफ्नो कब्जामा लिएर फुलचिँग गाउँका बासिन्दालाई भोगचलन गर्नगराउन लगाएकाले आफुहरुले भोगचलन गरिहेको स्थानीय राजबहादुर चलाउनेले बताए । आफूहरूले हाल कसैको जग्गा कब्जामा नलिएर तर, विगतमा गरेको कामलाई निरन्तरता दिएको नेकपा माओवादी वैद्य डोल्पाका जिल्ला संयोजक रामलाल विकले बताए । सरकार र नेकपा माओवादीबीच भएको शान्ति सम्झौतापछि माओवादी डोल्पाले कब्जा जग्गा फुकुवा गरिएको सम्बन्धित पक्षलाई लिखित जानकारी गराउँदा समेत भोगचलन नगरेका कारण बेवारिसे अवस्थामा रहेका जग्गा भोगचलन गरेर खाउन भनेर स्थानीय बासिन्दालाई दिइएको नेकपा माओवादी डोल्पाले जनाएको छ । 

0 Comments