Incident Reports

बहुविवाहको आरोपमा गिरफ्तार

2015-03-12

Gandaki, Gorkha, Sahid Lakhan

ताक्लुङ गाविस-९ का २५ वर्षीय दिनेश थापामगर र उनकी कान्छी पत्नी २३ वषिर्या मनकुमारी गुरुङलाई फागुन २६ गते बहुविवाहको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । आरोपित विरुद्ध जेठी पत्नी २४ वर्षीया सन्जु थापामगरले फागुन २५ गते प्रहरीमा दिएको बहुविवाहको जाहेरीका आधारमा उनीहरुलाई गिरफ्तार गरी अनुसन्धान गरिएको इन्सपेक्टर दीपक श्रेष्ठले बताए । दिनेशले विदेश जाने, शहरमा काम गर्ने बहना गर्दै एकवर्षअघिदेखि बहुविवाह गरेर कान्छि मनकुमारीसंग बस्दै आएको सुचनाका आधारमा प्रहरीमा उजुरी गरेको जेठी पत्नी सन्जुले बताईन । उनको साथमा एक वर्षीया छोरी छन् । आरोपित दुवैजनालाई जिल्ला अदालतबाट फागुन २७ गते १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । नरहरि सापकोटा

0 Comments