Incident Reports

सात दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा फेला

2015-03-04

एक सातादेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी जवानको शव फेला परेको छ । fफागुन २० गतेदेखि परिवार र कार्यालयको सम्र्पकमा नरहेका प्रहरी जवान युवराज पौडेलको शव बुधबार पर्वतको खनियाघाटमा कालीगण्डकीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजीको क्रममा दिउँसो स्थानीय ट्याक्टर चालकले कालीगण्डकी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव परीक्षणका लागि कुश्मा लगिएको छ । पौडेलले लगाएको चप्पल बेनी कालीपुलको कालीगण्डकी किनारमा फेला परेको थियो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । बागलुङको अधिकारी चौर गाविस घर भएका पौडेल तीन वर्षदेखि म्याग्दीमा कार्यरत थिए ।

0 Comments

Related Reports