Incident Reports

बाजुरामा कुपोषणको समस्या जस्ताको त्यस्तै

2015-03-12

Sudurpashchim, Bajura, Badimalika

बाजुरामा सबै गाविसहरु खाद्य सुरक्षाबाट टाढा रहेका छन् । यसका कारण जिल्लामा कुपोषणको समस्या हुने गरेको छ । यस बर्षको बैशाखसम्मको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आँकडा मात्र हेर्ने हो भने ७ प्रतिशत जना बालबालिका कुपोषणको समस्यामा रहेका छन् । जिल्लामा बालबालिकाहरुमा कुपोषणका कारण ख्याउँटे पन, तौल कम हुने, उमेर अनुसार शारीरिक बृद्धि विकास कम हुने गरेको कुरा जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कमै उमेरमा बिबाह गर्ने र बच्चा जन्मिएको केही बर्षमै कम अन्तरमा बच्चा जन्माउने प्रचलन रहेका कारण बालबालिकाले हेरचाह र पोषिलो खाने कुरा खान नपाउँदा यस्तो समस्या आएको छ । नेपालको कानुनले बिहे गर्नका लागि अभिावकको सहमति भए १८ वर्ष र नभए २० वर्ष उमेर पुग्नुपर्छ भनेको भए पनि पदमकलाजस्ता धेरै बालिकाको सानैमा बिहे हुने गरेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराका २४ हजार ९१९ जना महिला बिहे हुँदा २० वर्ष पुगेका थिएनन् । चार हजार जना बालिकाको त १५ वर्ष नपुग्दै बिहे भइसकेको थियो । केटाको पनि बालकैमा बिहे नहुने त होइन तर यो मात्रा केटीका तुलनामा आधा मात्र छ । जनगणनाका अनुसार बाजुरामा १२ हजार ६०७ जना बालकको विबाह १९ वर्षसम्ममा भइसकेको थियो । बाजुरा जिल्ला बालकल्याण समितिले बाजुराले बिबाहको तथ्याङ्क राखेका १० वटा गाविसमा सन् २०१२ मा जम्मा ८७ जोडीले बिहे गरेका थिए । तीमध्ये २५ जोडी भन्दा बढीले बिहे गर्ने उमेर नपुगेका थिए । यसको पछिल्लो वर्ष ७९ जोडीले बिहे गरेकोमा २०बढी जोडी बालक नै रहेका थिए । बाजुरामा बालअधिकारका क्षेत्रमा काम गरी रहेको जिल्ला बाल कल्याल्याण समितिको प्रतिवेदनका अनुसार बालबिबाह हुने कारण धेरै छन् । बाबुआमाले कन्यादान गरेमा पुण्य पाइन्छ भनेर कति बालिकाको सानैमा बिहे गरिदिन्छन् भने यौन चाहना बढ्दै गएपछि किशोर किशोरी बाबुआमालाई थाहै नदिकन बिहे गर्छन् । परम्परागत जात्रापर्वमा यस्तो बढी हुने गर्छ । यसरी सानैमा बिहे हुँदा उनीहरुको पढाइ बिग्रन्छ । पदमकलाले अहिले घरको बुहार्तन, बच्चाको स्याहार र पढाइ एकसाथ गर्नु परेको छ । यस्तो अवस्थामा पढाइले सबैभन्दा कम महत्व पाउँछ । “बिहे गरेपछि पढ्न गाह्रो हुँदो रहेछ,” पदमकलाले भनिन् ।
National/Online Media

0 Comments