Incident Reports

सुस्त मनस्थितीकी युवती बलात्कृत

2015-03-11

Madhes, Parsa, Thori

पर्साको सुवर्णपुरमा सुस्त मनस्थितिकी एक युवती बलत्कारको शिकार भएकी छन् । सुवर्णपुर गाविस–१ की ३० वर्षीया युवतीलाई सो गाविस–६ का ४६ वर्षीय राम प्रसाद न्यौपानेले बलत्कार गरेका हुन् । बुधबार दिउँसो साँढे २ वजे तिर खेतमा घाँस काट्न गएकी उनलाई न्यौपानेले बलत्कार गरेका हुन् । बलत्कारको आरोप लागेका न्यौपानलेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडित युवतीका अभिभावकले दिएको उजुरीको आधारमा न्यौपानेलाई पक्राउ गरिएको प्रहरी चौकी सुर्वणपुरले जनाएको छ । न्यौपानेले बलत्कार गरेको स्वीकार गरिसकेको प्रहरी सहायक निरीक्षक मोहन भुजेलले बताए । पीडित युवतीको उजुरीको आधारमा खोजतलासका क्रममा उनलाई बिहीबार बिहान दुई बजे गाँउकै खोला नजिकबाट पक्राउ गरिएको भुजेलले बताए । न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए । पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको निगरानीमा नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments