Incident Reports

स्थानीय विकास अधिकारीमाथि भएको दुर्व्यवहारको विरोध

2015-03-12

Gandaki, Gorkha, Gorkha

स्थानीय विकास अधिकारी (एलडिओ) प्रेमराज गिरीलाई एकिकृत माओवादीका कार्यकर्ताले फागुन २७ गते कार्यकक्षमा गरेकार आक्रमण तथा दुर्व्यवहारको विभिन्न सङ्घ संस्था तथा राजनीतिक दलले फागुन २८ गते विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । घटनाको विरोधमा जिल्ला विकास समितिका कर्मचारीले फागुन २८ गते कामकाज समेत बन्द गर्दा स्थानीय सेवाग्राही प्रभावित भए । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, परिवार दल लगायतका राजनीतिक दल तथा अन्य पेशागत सङ्घ सङ्गठनले विज्ञप्ति जारी गरी एलडीओमाथि गरिएको आक्रमणको निन्दा गरेका छन् । फागुन २८ गतेका लागि आयोजना गरिएको आठौँ जिल्ला परिषद्को नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिका लागि एमाओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सहभागी गराउनका लागि समयमै चिठी नपठाएको भन्दै एमाओवादीका कार्यकर्ताले स्थानीय विकास अधिकारीलाई दुर्व्यवहार गरेका थिए । उक्त घटनापछि परिषद् स्थगित गरिएको छ भने कर्मचारीले त्रासको वातवरणमा काम गर्न नसक्ने भन्दै 'पेन डाउन' गरेर विरोध जनाएका छन् । स्थानीय विकास अधिकारी प्रेमराज गिरीले भने आफूप्रति भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गर्दै यसप्रकारका घटनाले काम गर्ने वातावरण नबन्ने बताए । एमाओवादीका जिल्ला इन्चार्ज अमर तमुले सामान्य आक्रोशमा भनाभन भएको तर आक्रमण र दुर्व्यवहार भने नगरिएको प्रतिक्रिया दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) UML and affiliated org Democratic Alliance (NC, RPP and others)
Actor 2 - Youth na
National/Online Media

0 Comments