Incident Reports

शिक्षकको कुटाइबाट बालक घाइते

2015-03-11

Province 1, Udayapur, Rautamai, Ward 8

रौता गाविस-९ का १३ वर्षीय बालक तेजेन्द्र तामाङलाई कुटपिट गर्ने जाल्पाचिलाउने गाविस-५ शुकौरास्थित मल्वेरी स्कुलका शिक्षक केबी राईलाई प्रहरीले फागुन २८ गते गि रफ्तार गरेको छ । पीडित परिवारले दिएको निवेदनअनुसार आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर गुरुङले बताए । सामाजिक विषयको होमवर्क अन्य विषयगत कपीमा गरेको भन्दै कक्षा ६ मा अध्ययनरत तेजेन्द्रलाई आरोपितले फागुन २७ गते बाँसको भाटाले कुटपिट गरेको दाजु मणिन्द्र तामाङले बताए । घाइते बालकको सिराहाको लहानस्थित डिभान्ड हेल्थ केयर अस्पतालमा उपचार भइरहेको दाजु मणिन्द्रले जानकारी दिए । उनको कम्बर, ढाड र शरीरको विभिन्न भागमा चोट लाग्नुका साथै बाँसको सुम्ला बसेको स्थानीय रमिला तामाङ्गले बताईन् । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments