Incident Reports

बलात्कारीलाई फाँसीकोे माग गर्दै कैलालीमा पनि प्रर्दशन

2015-03-12

Sudurpashchim, Kailali, Ghodaghodi

बारामा बलात्कार गरी हत्या गरिएकी ७ वर्षीया बालिका पूजा शाहको हत्यारालाई फाँसी सजायको माग गर्दै शुक्रबार कैलालीका विद्यार्थीहरुले वृहत जुलुस प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी जिल्ला समिति कैलालीले नेतृत्व गरेको सो विरोध जुलुस कैलाली बहुमुखी क्याम्पसबाट जिल्ला प्रशासन कैलालीको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै एनेकपा माओवादीका जिल्ला नेता रमेश धामीले बलात्कारीलाई तत्काल कारबाही र फाँसीको सजाय नदिईए एनेकपा माओवादी र अखिल क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर नबस्ने बताए । उनले पछिल्लो समयमा बलात्कार र महिलामाथि एसिड फाल्ने घटना मौलाउँदै गएकोले यस्ता अपराधीहरुलाई सरकारले फाँसी दिनुपर्ने बताए । अखिल क्रान्तिकारीका केन्दी्रय सदस्य रमेश भट्टराईले तत्काल बलात्कारीलाई फाँसीको सजाय दिई पीडित परिवारलाई सरकारले क्षेतीपूर्ती नदिए अखिल क्रान्तिकारीले आन्दोलनलाई शशक्त बनाएर लैजाने चेतावनी दिए । बारा कलैयाकी ७ वर्षीया बालिका पूजा शाहको बलात्कारपछि काठमाडौको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो । बलात्कारीलाई कारबाहीको माग गर्दै बाराबाट सुरु भएको आन्दोलन कैलालीमा पनि चर्किएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Entity CPN M
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments