Incident Reports

अर्काकी श्रीमतीसँग सम्बन्ध राख्दा सेनाका अमल्दारको हत्या

2015-03-14

Bagmati, Kathmandu, Kathmandu, Ward 10

अर्काकी श्रीमतीसँग सम्बन्ध राख्न खोज्दा नेपाली सेनाका एक अमल्दारले ज्यान गुमाउनुपरेको छ । ललितपुरको जावलाखेलमा रहेको नेपाली सेनाको आर्टिलरी निदेशनालयमा कार्यरत बैतडीका रोहित कुमार ओझाको हत्या भएको हो । आफ्नी श्रीमतीसँग समबन्ध राखेको रिसमा नेपाली सेनामै कार्यरत रुद्र बहादुर थापाले ३२ वर्षीय ओझाको हत्या गरेका हुन् । तनहु राइपुर १ का वासिन्दा थापा नेपाली सेनको श्री नयाँ श्रीनाथ गणमा कार्यरत थिए । प्रहरीका अनुसार फागुन १५ गते ११:३० बजेको समयमा ललितपुर लगनखेल अफिसबाट रोहित कुमार ओझा अल्का अस्पताल जान्छु भनि ब्यारेकबाट निस्केपछि कोहि कसैको सम्पर्कमा आएका थिएनन् । सोहि दिन ओझाले रुद्र थापालाई फोन गरि नारायणस्थानमा भेट्न बोलाएको र डाँडा गाउँमा भेट भई गफ गर्दै बिष्णुद्वार तर्फ लागेका थिए । विष्णुद्वार नजिकै पुगेपछी एक आपसमा विवाद भएको सोही क्रममा रुद्र थापाले रोहित ओझालाई आफुले लगाएको छालाको बेल्टले प्रहार गरेको र ओझा अचेत अवस्थामा लडेपछी केहि तल गुल्टाई रोहितको साथमा रहेको मोवाईलबाट श्रीमती आश्था मगरलाई फोन गरि रोहितलाई मारिदिएको सुनाएका थिए । घटनास्थलबाट रोहितको मोवाईल समेत लिई नेपालटारमा रहेको कोठामा गई बसेका थिए । थापा फागुन १६ गते शिवपुरी ब्यारेकमा गई बसेको र १७ गते बिहान ३ बजेतिर पानीको पाईप बनाउने बहानामा पुन: घटनास्थलतर्फ गएको र घटनास्थलमा रोहितको लाश देखेपछी लासलाई केही पर घिसारी लगि आफुसँग रहेको चक्कुले खाडल खनि लाशलाई पुरी त्यहाँबाट ६ बजेतिर ब्यारेक गई ब्यारेकबाट पुस्न नेपालटार कोठमा आएको थिए । कोठाबाट न्युरोड गई माछापुच्छ्रे बैंकबाट ५० हजार रुपैयाँ निकाली त्यहाँबाट पोखरा हुँदै बुटवल गई थापा होटलमा बस्ने गरेको थिए । उनी बिहिबार रुपन्देहीको देवदह(२ पेटवनियाबाट पक्राउ परेका हुन् । । २०६६ सालमा रुद्र बहादुर थापा सिराहमा कार्यरत हुंदा निजकी श्रीमती पनि सिराहामा नै संगै बसेकोर मृतक रोहित कुमार ओझा परिक्षा दिन सिराहा गएको बेला रुद्र थापाको श्रीमती आस्था थापा मगरसँग परिचय भई फोन नं।आदान प्रदान भएको थियो । पछि ओझाले २ वटा एन सेलको सिम निकाली एउटा आस्था मगरलाई दिएको र एउटा आफैंले चलाउने गरेको र आस्था मगरसँग सम्पर्क गर्नु परेमा आफुले दिएको नं मा मात्र सम्पर्क गर्ने गरेका थिए । यता, रुद्र बहादुर थापाले काठमाडौंको नेपालटारमा कोठा खोजी श्रीमतीलाई त्याही राखि आफु विदेश गएका थिए । थापाको काठमाण्डौं सरुवा भई आए पश्चात् रोहित कुमार ओझा र आस्था मगरविचको सम्बन्धका बारेमा थाहा पाएपछि श्रीमतीसँग रोहितसँगको सम्बन्धका बारेमा सोधपुछ गरेका थिए । फागुन ९ गते रोहित ओझा, रुद्र थापा र आस्था मगर भद्रकालीमा जम्मा भई रोहित ओझाले आस्था मगरको खुट्टा ढोगी बहिनी मानेर टिकासमेत लगाएका थिए । तर त्यसपछि बारम्वार रुद्र थापाको कोठामा जाने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसैको रिसमा थापाले ओझाको हत्या गरेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Army
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Army
Actor 2 - Youth noyouth
Total Killed 1
Totally damaged Vehicles 00
National/Online Media

0 Comments

Related Reports