Incident Reports

झापामा बालिका बलात्कृत

2015-03-13

Province 1, Jhapa, Birtamod, Ward 3

RSS बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीया बालिका पूजा साहका बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन चर्किरहेका बेला झापामा पुनः अर्की एक बालिका बलात्कारको सिकार भएकी छन्। बिर्तामोड नगरपालिकास्थित नयाँ बसपार्कमा हिजो शुक्रबार साँझ १३ वर्षीया बालिका बलात्कारको सिकार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। सो ठाउँमा घर निर्माणको काम गर्दै आएका ४० वर्षीय सूर्यमान तामाङले बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ। बालिकालाई चिया ल्याउन भन्दै तामाङले घरको छतमाथि लगेर बलात्कार गरेको पीडित बालिकालाई उद्धृत गर्दै इप्रकाका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले जानकारी दिए। बालिका करणीमा संलग्न तामाङलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ भने बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक गौतमले बताए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments