Incident Reports

चार दिनमा तीन बालिका बलात्कृत l

2015-03-14

संखुवासभा, फाल्गुन ३० - पछिल्लो चार दिनमा चैनपुर नगरपालिका भित्र तीन बालिकामाथि बलात्कार भएको छ । गएको मंगलबार यता चैनपुरका बिभिन्न स्थानमा ११, १२ र १३ वर्षीया बालिका बलात्कृत भएका हुन् । यसमध्ये एक जना आफ्नै बाबुद्वारा तथा अर्को बालिका सामूहिक बलात्कारमा परेकी हुन् । चैनपुर-१२, कटहरेमा शुक्रबार दिउँसो ४१ वर्षीय व्यक्तिले १३ वषर्ीया छोरीलाई जबर्जस्ती गरेका छन् । पीडित बालिकाको बयानको आधारमा आरोपी बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक कमल थापाले बताए । डिएसपी थापाका अनुसार आफ्नै बाबुद्वारा घरमै पीडित भएकाले उनको पुनस्र्थापनको पनि प्रयास भइरहेको छ । गत मंगलबार चैनपुर नगरपालिकाभित्र एकै दिन दुईवटा यस्ता घटना भएको छ । १२ वर्षीयालाई बलात्कार गरेको आरोपमा चैनपुर-९ का सुर्यबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौकामा आरोपी बिकले जबर्जस्ती गरेको पीडित बालिकाले प्रहरीसमक्ष बताएकी छन् । बिकका विरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिसकिएको डिएसपी थापाले जनाए । मंगलबार नै बिहान २ बजे ११ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 'संलग्नहरुको पहिचान भकइसकेको छ,' डिएसपी थापाले भने, 'आशङ्का गरिएका सोही स्थानका तीन जना युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।' छिमेकीको बिहेमा गएर र्फकनेक्रममा बालिकामाथि सामूहिक बलात्कार भएको बताइएको छ । यसअघि पीडित बालिकाले आफूविरुद्ध बलात्कार गर्नेहलाई चिन्न नसकेको बताएकी थिइन् । पीडित तीनै जनाको स्वास्थ्य रिपोर्ट आइसकेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार रिपोर्टले उनीहरुमाथि करणी भएको देखाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 3
Female Raped 3
Youth Raped 3
National/Online Media

0 Comments