Incident Reports

चन्द् माओवादीद्वारा २ सय विघा जमिन कब्जा

2015-03-14

विभिन्न ब्यक्ति र निकायको नाममा रहेको २ सय ३० विघाहा जग्गा नेत्रबिक्रम चन्द 'बिप्लब' नेतृत्वकाे नेकपा माओवादीले कब्जा गरेको छ । तत्कालीन जनसत्ताको नेतृत्वमा नियन्त्रित र जनसत्ताको कानुनी कारबाही अन्तर्गत रहेका सबै जग्गा पुन नियन्त्रणमा लिएको माओवादीले जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी महेश थारुले विज्ञप्ती जारी गर्दै जग्गा कब्जा लिएको जानकारी गराएका हुन् । विज्ञप्तिमा उल्लेख गरेअनुसार सबै भन्दा धेरै मर्कण्टाइल कम्पनी कुमरोजको जग्गा कब्जा भएको छ । उक्त कम्पनीको ८६ विघाहा जग्गा कब्जा गरिएको हो । त्यस्तै धोवाहा बस्ती माडीको ७५ विघाहा, कुरिनटारका पदमप्रसाद सिलवालको २२ विघाहा र गुञ्जनगर ६ का दिलिपकुमार शाहीको १४ विघाहा छ । भण्डाराका बलराम धरेलको १ विघाहा १ कठ्ठा, सिचाइँ गेटमा पशुरामको नाममा रहेको ३ विघाहा, होटल डालीमा कुरिनटारको ६ विघाहा जग्गा छ । विज्ञप्तीमा खुलाइए अनुसार माडेचौर मंगलपुरमा १४ र शारदानगरका श्याम चौधरीको ९ विघामा जग्गा कब्जा भएको हो । १० बर्षको जनयुद्धमा जनताले जनसत्ताको संरक्षणमा यो जग्गा प्रयोग गर्दै आएको र सामान्त फटाहाले जमिनमाथी रजाईँ गर्न थालेपछि कब्जा गरेको सेक्रेटरी थारुले बताए । 'अर्को निर्णय नहुँदासम्म जग्गा हाम्रो कब्जामा हुनेछ,' थारुले भने,'पछि पार्टीले निर्णय गरेर पीडित सुकुम्बासीलाई प्रदान गर्ने छौं ।' उनले जग्गा जसको हुनुपर्ने उसको नभएर टाढाबाठाले जग्गामाथि हैकम जमाउन थालेपछि पार्टीले पुन जग्गा कब्जा गरेको बताए । बृहत शान्ति सम्झौता अनुसार जनसत्तामा दर्ता भएका कानुनी प्रक्रियामा अघि बढेका सबै कामकारबाहीलाई मान्यता दिने निर्णय भएको थियो । शान्ति सम्झौता ,१२ बुँदे समझदारी र अन्तरिम संविधाननमा उल्लेखित कुनैपनि सहमति सत्ताधारी दलले कार्यान्वयन नगरी उल्टाउँदै गएको बिज्ञप्तीमा उल्लेख छ । 'ऐलानी जग्गा हुनखानेले कब्जा गर्न थालेका छन,' थारुले भने,' त्यसैले राज्यको सम्पत्ति दुरुपयोग गर्नेको जग्गा हामी कब्जा गर्दै जानै छौ ।'

0 Comments