Incident Reports

विस्फोटक पदार्थसहित ४ युवा पक्राउ

2015-03-15

Province 1, Sunsari, Dharan

विस्फोटक पदार्थ र केही थान घरेलू हतियारसहित धरान १७ बाट चार युवालाई आज बिहान प्रहरीले समातेको छ।क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले विस्फोटक पदार्थसहित चार युवालाई समातेको हो। उनीहरुको साथबाट चक्कु एक र कट्टी २ थान घरेलू हतियारसहित १२ थान जिलेटिन, २३ थान इलेक्ट्रोनिक डिटोनेटर नामको विस्फोटक पदार्थ बरामद् गरेको हो। साथै, २ थान डायरी, नगद ७९ हजार ७ सय २० रुपैयासहित ३ थान मोबाइल बरामद गरेको हो। समातिनेमा भोजपुर कोट गाविस ६ का सन्तेाष राई, सोही वार्डका उद्दिम राई, हेमन्त राई र तिवारी भञ्ज्याग ६ का बसन्त राईको साथबाट उक्त सामग्रसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मिलन भट्टराईले बताए। धरान १७ प्रनिका राईको घरमा डेरा गरी बस्ने भगवति राईको कोठामा आएका ती युवाहरुलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको उनले बताए। ती चारै युवाविरुद्ध मुद्दा दर्ता गर्दै आवश्यक अनुसन्धान भइरहेको प्रनी भट्टराईले बताए।

0 Comments