Incident Reports

विपक्षी मोर्चाद्वारा आमहड्ताल सहितको आन्दोलनको घोषणा

2015-03-15

Bagmati, Kathmandu, Kathmandu

संविधानको विवादित विषयमा सहमतिका लागि सत्तारुढ दल गम्भीर नभएको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आमहड्ताल सहितको दाेस्राे चरणाकाे आन्दोलन घोषणा गरेकाे छ । मोर्चाको आईतबार बसेको बैठकले अान्दाेलनलार्इ निरन्तरता दिने निर्णय गरेको हाे । माेर्चाले चैत्र-५ गतेदेखि २६ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम तय गरेको छ । दोस्रो चरणको आन्दोलनमा सभा,प्रदर्शन, बहिष्कार, धर्ना, घेराउ सहित नेपाल बन्द र आमहड्ताल सम्मको कार्यक्रम राखिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्रकार सम्मेलन गरी अान्दाेलनकाे कार्यक्रम सार्वजनिक गरेका छन् । मोर्चाका संयोजक दाहालले कांग्रेस र एमालेले वार्तालाई असफल बनाएकाले आफूहरुका सामू आान्दोलन बाध्यता र आवश्यकत दुबै बनेको बताए । उनले प्रधानमन्त्रीको आह्वान र नागरिक समाजको आग्रहमा थप आन्दोलन घोषणा नगरी वार्तामा बसेपनि त्यो सार्थक हुन नसकेको उल्लेख गरे । कांग्रेस र एमालेले कात्तिक १७ गतेको ९ बुँदे आफ्नो प्रस्तावलाई नै मान्न जोड गरेकाले वार्ता असफल भएको उनले भने । माघ-११ मा संविधानसभा बैठकले विपक्षीको अवरोधका बिच संविधान निर्माणलाई प्रक्रियामा लगेपछि विपक्षी मोर्चा आन्दोलनमा होमिएको हो । सहमतिमा संविधानको माग गर्दै मोर्चाले फागुन-१६ मा राजधानीको खुलामञ्चमा आमसभा गरेर पहिलो चरणको आन्दोलनलाई विश्राम दिएको थियो । प्रधानमन्त्री सुशील कोइरालको आह्वानमा त्यसपछि वार्तामा बसेको विपक्षी मोर्चाले वार्ता सकारात्मक दिशामा नबढेको भन्दै सत्तारुढ दलमाथि दवाब बनाउन दोस्रो चरणको आन्दोलनमा जाने निर्णय लिएको हो । आन्दोलनमा जोन निर्णयसँगै मोर्चाले संक्रमणकालिन अवस्थालाई ध्यानमा दिई सहमतिका लागि सत्तारुढ पार्टीलाई पुनः आग्रह समेत गरेको छ । बैठकमा दाहालले यसबिचमा भएका वार्ता र त्यसले उपलब्धी हुन नसकेको जानकारी गराएपछि सबैले आन्दोलनमै जोड दिएका थिए । बैठकमा सहभागी तराई मधेस सदभावना पार्टीका नेता रामनरेश रायले ३० दलले सर्वसम्मत ढंगले आन्दोलनमा जाने निर्णय लिएको बताए । उनका अनुसार आन्दोलनको आज कसैले बिरोध गर्न सकेनन् । आन्दोलनको कार्यक्रमः चैत्र ५ गतेः प्रत्येक जिल्लामा आन्दोलन तयारीका लागि ३० दलीय मोर्चाको बैठक चैत्र ८: सबे जिल्ला सदरमुकाममा महिलामाथिको हिंसा, कालोबजारी, मँहगाई, लोडसेडिङ, भ्रष्टाचारको बिरोध गर्दै सहमतिमा संविधानका लागि प्रदर्शन । चैत्र ११: प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु सहभागी सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, बहिष्कार र अवरोधकाे कार्यक्रम सुरू गर्ने । चैत्र १५ : सदरमुकाममा लाठी जुलुस चैत्र १६, १७ र १८: जिल्ला प्रशासन र अन्य सरकारी कार्यालय घेराउ चैत्र १८ गतेः साँझ सबै सदरमुकाममा मसाल जुलुस । चैत्र १९ गते : देशभर आमहड्ताल चैत्र २०-२३: राजस्व र कर असुलीका साथै सरकारी कार्यालय बन्द गराउने, नाकाबन्दी गर्ने चैत्र २३ गतेः साँझ मसाल जुलु चैत्र २४,२५ र २६ गतेः देशभर आमहड्ताल

0 Comments