Incident Reports

बलात्कारीलाई ३५ बर्ष कैदको फैसला

2015-03-18

Madhes, Bara, Kalaiya, Ward 13

कलैया-८ की ७ वर्षीया पुजाकुमारी साहको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई दोषी ठहर गर्दै जिल्ला अदालतल ३५ बर्षको कैद र दुई लाख जरिवानाको सजाय सुनाएको छ । मंगलबार अदालतले सुनाएको फैसलालाई पीडित परिवार, बेटी बचाउ संघर्ष समिति र विभिन्न अधिकारवादी तथा सामाजिक संघसंस्थाले स्वागत गरेका छन् । गत फागुन १० गते पक्राउ परेका अभियुक्त कलैया-४ का २८ वर्षीया कन्हैया गुप्तालाई उक्त सजाय तोकिएको हो । न्यायाधीश लिप्तबहादुर थापा क्षेत्रीको इजलासबाट थुनछेक बहसको पहिलो सुनवाईकै क्रममा यो मुद्दा फैसला भएको हो । बलात्कार र कर्तब्य गरी मारेको अभियोगमा उनलाई सर्वस्वसहित ३५ बर्षको सजाय तोकिएको हो । पीडितको पक्षबाट जिल्ला न्यायाधिवक्ता खडानन्द गौतमले बलात्कारमा हदैसम्म्ाको सजायसहित पीडितलाई क्षतिपूर्ति भराउने र हत्यामा सर्वस्वसहित कैद सजायको माग गरेका थिए । पीडक प्रतेवादीको पक्षबाट अदालतको आग्रहमा औपचारिकताका लागि कानुनी सहायता समितिको तर्फबाट अधिवक्ता नागेन्द्र राउतले बहस पैरवी गरेका थिए । 'अभियुक्तले कसुर गरेको र उससित निर्दोष भएको कुनै आधार प्रमाण नपाइएकोले अभियुक्तको साविती बयानको आधारमा फैसला भएको हो,' अदालतका श्रेस्तेदार रोशनकुमार भट्टराईले भने, 'अभियुक्तले आफू गलती गरेकाले सजाय पाउन तयार रहेको बयान दिएका छन् ।' गत फागुन ८ गते कलैया हाट बजारमा जाँदा अभियुक्त गुप्ताले ललाई फकाई बजारबाट झन्डै आधा किमीको दुरीमा लगेर राती बालिकाको बलात्कार गरेका थिए । भोलिपल्ट बिहान पीडिच बालिका चन्द्र माविको पछाडिपट्टि फोहोर फाल्ने ठाउँमा अचेत भेटिएकी थिइन् । १७ दिनको उपचारको क्रममा फागुन २४ गते काठमाडौंको कान्ति बाल अस्पतालमा उनको मृत्यु भएको थियो । घटनले आक्रोशित स्थानीय वासिन्दा बालिकको शव पाँच दिनसम्म्ा सडकमै राखेर प्रदर्शन र धर्ना दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments