Incident Reports

पत्नीको हत्या गरी पति फरार

2015-03-15

Lumbini, Kapilbastu, Krishnanagar

भिल्मी गाविस-९ श्रीनगरकी २१ वर्षीया किश्लावती चमारको ०७१ चैत १ गते राति पति २७ वर्षीय भुलायम चमारले हत्या गरी जलाएको अवस्थामा चैत २ गते लाश फेला परेको छ । घरदेखि करिब ३ सय मिटर टाढा हत्या गरेर जलाइएको अवस्थामा चैत २ गते बिहान लाश देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । भारतको सिर्द्धार्थनगर जिल्ला घन्सा गाउँ विवाह भएकी चमार २५ दिन पहिले माइती घर आएकी थिइन् । पत्नी लिन ०७१ चैत १ गते ससुराली आएका पति भुलायम चमारले साँझ परिवारसँगै खाना खाएर सुतेकोमा राति नै घरमा लैजाने बाहनामा पत्नीको हत्या गरेर आगो लगाई भागेको प्रहरीले आशङ्का गरेको छ । आरोपित पति भुलायम चमार फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । लाशको जिल्ला अस्पताल तौलिहवामा चैत २ गते पोष्टमार्टम भयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्सपेक्टर दिलबहादुर मल्लले बताए । इन्सेक क्षेत्रीय कार्यालय, पोखरा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments

Related Reports