Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-03-17

Gandaki, Kaski, Madi

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्ले गाविस-३ का ६२ वर्षीय डिलबहादुर र्घर्ती गुरुङलाई जिल्ला प्रहरी कार्यालयले चैत ४ गते गिरफ्तार गरी अनुसन्धान गरेको छ । आरोपितले पीडितलाई चैत २ गते विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितको परिवारले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दा अर्न्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडितको चैत ३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भयो । यसैगरी २२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कालिका गाविस-९ का ३५ वर्षीय खगराज पौडेललाई चैत ४ गते गिरफ्तार गरी अनुसन्धान गरेको छ । आरोपितले पीडितलाई फागुन ३० गते डर, धम्की देखाएर बलात्कार प्रयास गरेको भन्दै पीडितले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो । सनबहादुर थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments