Incident Reports

युवाहरूद्वारा आप्रवासी कामदारहरूको कोषमा पारदर्शिता माग

2015-03-18

Bagmati, Kathmandu, Tokha

” वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कामदार कल्याणकारी कोषबाट विदेश भ्रमण र प्रशासन खर्च भएको भन्दै युवाहरुले बुधबार बोर्डको कार्यालय घेराउ गर्दै खर्च विवरण माग गरेका छन्। नेपाली युवा संस्थाहरुको छाता संस्था नेपाल युवा संस्था सञ्जाल (आयोन) को संयोजनमा बुधबार युवाहरुले बोर्डको कार्यालयमा कोषको रकमको सम्पूर्ण विवरण माग गर्दै प्रदर्शन गरेका हुन्। आयोनले सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम कल्याणकारी कोषमा हालसम्म कति रकम जम्मा भएको छ र सो कोषको रकम हालसम्म के के प्रयोजनको लागी खर्च भएको छ भन्ने विवरण माग गर्दै पत्र बुझाएको हो। एक सय जना युवाहरु उपस्थिति रहेको प्रदर्शनमा युवाहरुले ‘कामदारको रकम दुरुपयोग रोक', ‘नेताहरु गाडीमा युवाहरु खाडीमा' लगायत प्लेकार्ड बोकेका थिए। आयोनका अध्यक्ष ब्रबिमकुमार केसीले पछिल्लोपटक कल्याणकारी कोषको रकम दुरुपयोग भएको घटना सार्वजनिक भएकाले त्यसको यथार्थ जानकारी गराउनुपर्ने मागसहित विरोध गर्दै विवरण माग गरिएको बताए। ‘विदेश जाने कामदारले तिरेको रकमबाट भ्रमण जाने, प्रसासनिक खर्च गर्नेदेखि आफुखुशी खर्च भएको प्रति हामी गम्भिर छौं,' उनले भने, ‘कामदारको रकम सार्वजनिक गर्नुपर्छ।' बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले युवाहरुले विवरण माग गरे पत्र बुझाएको बताए।‘हामीले पत्र पाएका छौं। त्यसको जानकारी गराउँछौं,' उनले भने। गत साता कामदारको रकमबाट व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित ५ सभासद र अन्य गरी १० जना मलेसिया, कतार र युएई जान लागेपछि सर्वत्र विरोध भएको थियो। चौतर्फी विरोध भएपछि सभासदहरु कामदारको कल्याणकारी कोषबाट नगई अन्य स्रोतबाट विदेश भ्रमण गएका छन्। बोर्डको कोषमा अहिलेसम्म ३ अर्ब रकम जम्मा भैसकेको छ। विदेशिने प्रत्येक कामदारबाट बोर्डमा १ हजार जम्मा हुने गर्दछ। चालु आर्थिक वर्षको ८ महिनामा कोषको रकमबाट ५० लाख ५३ हजार ४७ रुपैयाँ विदेश भ्रमणमा मात्र खर्च भैसकेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis