Incident Reports

बहुविवाहको मुद्दामा सफाइ

2015-03-20

Madhes, Saptari, Rajbiraj

मैनाकडेरी गाविस ३ घर भइ राजविराज नपा-८ बस्दै आएकी ३० वर्षीया वाणी मिश्रले बहुविवाहको आरोपबाट ०७१ चैत ४ गते सफाइ पाएकी छन् । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको इजलासले आरोपित वाणीका पति ३५ वर्षीय प्रणित मिश्रको मृत्यु भइसकेको र वाणीलाई प्रणितको पूर्व विवाहबारे जानकारी नरहेकाले कारबाही गर्नुनपर्ने ठहर गर्दै सफाइ दिने फैसला गरेको अदालतले जनाएको छ । राजविराज नपा-२ स्थित माइत बस्दै आएकी प्रणितकी जेठी पत्नी ३२ वर्षीया शिलु झा मिश्रले उनका पति प्रणितले वहुविवाह गरेको आरोप लगाउँदै ०६९ असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरी दिएकी थिइन् । पीडितले आफू हुँदाहुँदै ०६९ भदौ १३ गते पति प्रणितले दोस्रो विवाह गरेकोले बहुविवाहमा कारबाही गरी न्याय दिन माग गरेकी थिइन् । मनोहरकुमार पोखरेल

0 Comments