Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2015-03-12

Madhes, Parsa, Jirabhawani

१९ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महादेवपट्टी गाविस-६ का २८ वर्षीय शेख अब्दुल्लाहविरुद्ध प्रहरीले चैत ४ गते मुद्दा दर्ता गरेको छ । गाउँमा नाटक थियो, पति नाटक हेर्न गएको मौका छोपी फागुन २८ गते राती करिब १२ बजेको समयमा अब्दुल्लाह घरभित्र प्रवेश गरी बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ । पीडित महिलाले होहल्ला गरेपछि आरोपित अब्दुलाह भागेका थिए । अब्दुलाहको भारतीय परिचय पत्र र भारतीय सीमकार्ड भएको एक थान मोबाइल सेट घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले आपसी छलफलमा घटना मिलाउने प्रयास गरेकोले ढिलो गरी घटना प्रहरी कार्यालयमा आएको पीडितका पतिले बताए । गाउँलेले आरोपितलाई फागुन ३० गते नियन्त्रणमा लिएर चैत २ गते सेढवा प्रहरी कार्यालयमा बुझाएका थिए । आरोपित विरुद्ध चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । यसैबीच १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-३ बस्ने ३० वर्षीय सञ्जित कुमारविरुद्ध जिल्ला प्रहरी कार्यालयले चैत ४ गते मुद्दा दर्ता गरेको छ । बालिकालाई फागुन ३० गते बिहान आफ्नै कोठाभित्र लगी बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित कर्णलाई सोही दिन बिहान गाउँबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरेको छ । पीडित बालिकाको बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी आमाले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

के.सी.लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments