Incident Reports

काकी हत्या घटनाका आरोपित थुनामा

2015-03-19

Madhes, Saptari, Rajbiraj

राजविराज नपा-१० की ३५ वर्षीया कान्छी भनिने अम्बिकादेवी यादवको हत्या आरोपमा उनका भतिजा २६ वर्षीया धिरेन्द्र यादवलाई जिल्ला अदालत सप्तरीले ०७१ चैत ५ गते थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेको हो । काठमाडौँ रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान यादवलाई प्रहरीले चैत ४ गते काठमाडौँबाट गिरफ्तार गरी चैत ५ राजविराज ल्याएको थियो । घरायसी विवादमा ०७१ पुस ३ गते बिहान भएको कुटपिटबाट पीडितको सोही दिन दिउँसो २ः३० बजे उपचारका क्रममा धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । मृतकको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७१ पुस ३ गते पोष्टमार्टम भएको थियो । मृतकका पति ३८ वर्षीया कुशेश्वर यादवले ०७१ माघ ९ गते आरोपितसहित निजका ठूलोबुवा ६० वर्षीया सत्यनारायण यादव, निजकी पत्नी सुहागवती यादव र निजकी छोरी ललिता यादवलगायतकाविरुद्ध किटानी उजुरी दर्ता गराएका थिए । हत्या आरोपमा सत्यनारायण फागुन ४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् भने सुहागवती र ललितालाई अदालतले ०७१ फागुन २० गते जनही ४५/४५ हजार रुपैयाँमा धरौटीमा रिहा गरेको थियो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments