Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-03-21

Bagmati, Dhading, Benighat Rorang

एक बालिकालाई बलात्कार गरी फरार भएका महादेवस्थान गाविस-८ जरुङका एक युवकलाई ०७१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । बाख्रा चराउन गएकी एक सात वर्षीया बालिकालाई चैत ४ गते बलात्कार गरी फरार भएका २४ वर्षीया बलबहादुर तामाङलाई गाउँबासीको सहयोगमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गजुरीले जनायो । पीडित बालिकाले घटना भएपछि चैत ५ गते आमालाई खबर गरेपछि घटना सार्वजनिक भएको थियो । घाइते बालिकाको प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गरेका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । अभियुक्तलाई प्रारम्भिक अनुसन्धानपछि जबरजस्तीकरणी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । सीताराम अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments