Incident Reports

लगानी बोर्डको अध्यक्षको घरमा कालो झ्न्डा गाडी कब्जा गर्न खोज्ने बिप्लब्-माओवादीका कार्यकर्ता पक्राउ

2015-03-20

Bagmati, Kathmandu, Kathmandu, Ward 10

(Update)--लगानी बोर्डका अध्यक्ष राधेश पन्तको घर कब्जा गर्न गएका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेकोमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विरोध गरेका छन् । विप्लवले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै माथिल्लो कर्णाली जलविद्युत आयोजनामा राष्ट्रघात गर्ने पन्तलाई सरकारले कारवाही गर्नुपर्नेमा आफूहरुले कारवाही गर्न खोज्दा उल्टै पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।सरकारका तर्फबाट राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गर्ने पन्तको विरोध गर्न र चेतावनी दिन गएका आफ्ना नेता कार्यकर्तालाई ‘दलाल सरकारको निर्देशनमा प्रहरीले गिरफ्तार गरेको’ आरोप विप्लवले लगाएका छन् । आफ्ना नेता कार्यकर्तालाई ससम्मान रिहाइ नगरे कडा संघर्ष गर्ने चेतावनी समेत उनको विज्ञप्तीमा छ । पन्तको धापासीस्थित घरमा झण्डा गाड्न गएका एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले आजै पक्राउ गरेको थियो । जसमा असारे काका लगायतका पार्टीका पोलिट्व्युरो सदस्य समेत रहेको छन् । माओवादी नेता धर्मेन्द्र वास्तोलाको नेतृत्वमा गएको समुहले पन्तको घर केहीबेरका लागि कब्जामा लिएको थियो । शनिबारसम्म पनि आफ्ना नेता कार्यकर्तालाई रिहा नगरेको भन्दै विप्लवले फेसबुकमार्फत सशक्त आन्दोलन गर्ने दोहोर्याएका छन् । उनले भनेका छन्, ‘यदि असारे काका लगायतका कमरेडहरुलाई छोडिएन भने सशक्त आन्दोलन बढ्ने छ ।’

(Updated)--मार्च फागुन २० मा पक्राउ गरेका नेत्रविक्रम चन्द (बिप्लव) को १७ जना कार्यकर्तालाई रिहा  गरेपछि आन्दोलनको योजना रद्द गरे। । पार्टीले २४ मार्चमा जारी गरेको विज्ञप्तिमा नेपाल बन्द (हडताल) लगायतका सबै प्रेषित बिरोध योजनाहरुलाई खारेज गरिएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people 16
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments