Incident Reports

विद्यालयको चुनावमा दुईजनाको गोली हानी हत्या

2015-03-22

Madhes, Dhanusha, Sabaila, Ward 2

१ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको नेतृत्व छान्ने क्रममा भएको विवादले उग्ररुप लिएपछि दुईजनाको हत्या भएको हो । व्यवस्थापन समितिको अध्यक्ष चयनबारे नेकपा माओवादी मातृका यादव समुह र नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य योगनारायण यादव समुहका कार्यकर्तावीच झडप भएको थियो । झडपका क्रममा ३० वर्षीय रामसेवक राउतमाथि विद्यालय परिसरमै गोली हानिएको थियो । गोली लागेपछि उपचारका लागि काठमाडौं लाने क्रममा उनको बाटैमा गएराति नै ज्यान गएको हो । विद्यालयमा भएको झडपको करिब तीन घण्टापछि सोही वाडका ४२ वर्षीय कृषक रामप्रकाश यादवको पनि गोली हानी हत्या गरिएको धनुषाका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । यादवको शरिरमा पाँच राउण्ड गोली हानिएको थियो । व्यवस्थापन समितिको अध्यक्षको विवादमा गम्भीर घाइते रामसागर साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका राउत र घाइते साह मातृका यादव माओवादीका कार्यकर्ता रहेको जनाइएको छ । घट्नाबारे छानविन सुरु गरिएको डिएसपी प्रसाईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (large group)
Weapons Small arms
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 25
Actor 1 - Affiliations UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 2
Total Injured 1
National/Online Media

0 Comments