Incident Reports

१० रुपैयाको लोभ देखाएर करणी गर्न खोज्ने पक्राउ

2015-03-21

Province 1, Sunsari, Dharan

जर्वजस्ती करणी गर्न खोजेको आरोपमा एक युवा समातिएका छन्। धरान ११ का ४० बलबहादुर थापा आइतबार समातिएका हुन्। थापाले स्थानीय एक बालिकालाई १० रुपैयाको लोभ देखाउँदै करणीको प्रयास गरेका थिए। शनिबार साँझ ५ बजेतिर थापाले घरमै खेलिरहेकी बालिकालाई शौंचालयमा लगेर जर्वजस्ती गर्ने प्रयास गर्दा बच्ची उम्किएर अभिभावकलाई भेटेपछि घटना सार्वजनिक भएको थियो। अभिभावकले आइतबार प्रहरीलाई पीडक थापाको नाममा किटानी जाहेरी दिएपछि इलका प्रहरी कार्यालय धरानले उसलाई समातेको हो। समातिएका थापालाई जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी आज (सोमबार) अदालतमा हाजिर गरिएको छ। त्यससमयमा अभिभावकहरु घरमा नभएको मौका छोपेर थापाले पैसाको प्रलोभनमा करणीको प्रयास गरेको आफन्तको आरोप छ। थापा लेवर काम गर्छन् भने उनको स्पष्टसँग बोली (तोते बोली) रहेको प्रहरीले बताएको छ। पीडित बालिकालाई थापाले घर पछाडीको शौचालयमा लगेको प्रारम्भिक अनुसन्धानमा देखिएको इप्रका धरानका प्रहरी निरीक्षक मिलन भट्टराईले बताए। उनलाई मुद्दा थप गरी आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने बताइएको छ। उनलाई जर्वजस्ती करणी महल अनुसार ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने प्रावधान तोकेको छ। क्षतिपूर्तिको हकमा पीडितको अवस्था हेरी केही फरक हुन सक्ने उल्लेख रहेको प्रनी भट्टराईले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments