Incident Reports

छोरीले बन्चरोले हान्दा बुवाको मृत्यु

2015-03-22

Gandaki, Baglung, Baglung

बाग्लुङ, चैत ९ – बाग्लुङको तित्याङ छोरीले बन्चरोले हानेर बुवाको हत्या गरेकी छन् भने आमा गम्भीर घाइते भएकी छन् । तित्याङ–८ की ४० वर्षकी शर्मिला थापाले बन्चरो प्रहार गर्दा ८० वर्षका बुवा पतिराम थापाको घटनास्थलमै ज्यान गएको हो । आक्रमणबाट थापाकी आमा ७५ वर्षकी जमुना थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जमुनाको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । घरायसी विवादमा बञ्चरो प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो । बन्चरो प्रहार गर्ने शर्मिलालाई प्रहरीले पक्राउ गरेको छ । अविवाहित शर्मिलाले विगत लामो समयदेखि मानसिक रोगको औषधि खाँदै आएको भएपनि अहिले सामान्य रहेको परिवारका सदस्यले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports