Incident Reports

बलात्कारीलाई १५ वर्ष जेल

2015-01-15

Gandaki, Lamjung, Marsyangdi, Ward 9

बालिका बलात्कारको अभियोगमा एक जनालाई यहाँस्थित जिल्ला अदालतले १५ वर्षको कैद फैसला सुनाउनुका साथै एक लाख रुपैयाँ जरिवाना तोकेको छ । सुन्दरबजार नगरपालिका ५ का ५५ वर्षीय माइलो भनिने वीरबहादुर सार्कीविरुद्धको मुद्दामा जिल्ला न्यायधिश जगतनारायण प्रधानको इजलासले सोमबार सजाय सुनाएको हो । सुन्दरबजार कै एक सुस्त मनस्थिति र अपांगता भएकी १४ वर्षीया किसोरीलाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत माघ २ मा पक्राउ परेका थिए । पक्राउको एक सातापछि अदालतले पुर्पक्षका लागि सार्कीलाई थुनामा राख्न आदेश गरेको थियो । मुलुकी ऐन जबर्जस्ती करणीको महलमा यस्तो करणीको कसुरवार ठहर्दा हदैसम्म १० वर्षको कैद फैसला हुने ब्यवस्था उल्लेख भएपनि बालिकामा मानसिक समस्या रहेको र थप अपांगता पनि भएकाले ५ वर्षको कैद साजय थप गरिएको अदालतका स्रेष्तेदार अधिकृत हरिगोपाल ज्ञवालीले बताए । 'वालिकाको अवस्थालाई पुरापुर ध्यानमा राखी कानुनअनुसारकै फैसला आएको भन्ने बुझौं', उनले भने । गत माघ १ साँझ सार्कीले बालिकालाई ललाइफकाइ आफ्नै घरमा लगेर जवर्जस्ती करणी गरेको भन्दै उनका परिवारले उजुरी दिएका थिए । त्यसलगतै प्रहरीले उनलाई पक्राउ गर्नुका साथै अदालती आदेशपछि पुर्पक्षका लागि कारागार पठाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments