Incident Reports

छोरी बलात्कारको अभियोग लागेपछि बाबु फरार

2015-03-24

Lumbini, Kapilbastu, Bijayanagar, Ward 6

कपिलवस्तु जिल्लामा एक बाबुले आफ्नै छोरीलाई यौन शोषण गरेको उजुरी प्रहरीमा दर्ता भएको छ । आरोपित बाबु फरार छन् । जिल्लाको खुरहुरिया गाविस निवासी ४३ वर्षीय बाबुले आफ्नी १३ वर्षीया छोरीलाई बलात्कार गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक विक्रम गुरुङ्गले बताए । बाबुले छोरीलाई डर धम्की देखाई केही महिनादेखि यौन शोषण गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक गुरुङ्गले बताए । अभियुक्तले आफ्ना दुई छोरीमध्ये एकलाई बलात्कार गरेको बताइएको छ । बालिकाकी आमा बैदेशिक रोजगारीको शिलसिलामा विदेशमा छिन् । प्रहरीले फरार रहेका व्यक्तिमाथि जबरजस्ती करणी र हाडनाता करणी दुबै मुद्दा चलाइने बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments