Incident Reports

बालिकालाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता

2015-03-25

Bagmati, Chitawan, Bharatpur

Sabitri Sapkota १४ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर उमनपा-११ बस्ने ३० वर्षीय आनन्द मरठ्ठा विरुद्ध चैत १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । पीडितको घरमा आइरहने नाताले मामा पर्ने आरोपित मरठ्ठाले चैत ८ गते बेलुका बालिकालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हो । पीडितको जाहेरी परेकै दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी राजन अधिकारीले बताए । आरोपितलाई जाहेरी परेकै दिन गिरफ्तार गरी कानुनी प्रक्रिया अनुसार मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको डीएसपी अधिकारीले जनाए । सावित्री सापकोटा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments