Incident Reports

चालकलाई गोली हानेर १ लाख २५ हजार लुटियो

2015-03-26

Karnali, Surkhet, Barahtal

सुर्खेत, चैत १२ –सुर्खेतको पोखरीकाँडा गाविसको रेन्जरमारेमा चल्तीको जीपका चालकलाई गोली प्रहार गरी १ लाख २५ हजार रुपैंया लुटिएको छ । बाबियाचौरबाट वड्डिचौरतर्फ छुटेको बा ८ च ९१०८ नम्वरको जीपका चालक पूर्णप्रसाद लामिछानेलाई गोली हानी रकम लुटिएको हो । सामान बेचेर फर्किदै गर्दा बटोमा ढुँगा राखेर अवरोध गरिएको र ढुंगा हटाएर जीप अघि बढाउँदा चालकमाथि गोली प्रहार गरिएको हो । दुई जनामध्ये माक्स लगाएको व्यक्तिले जीप रोक्न भनेको र जीप नरोकेपछि फाइरिङ गरेको जीप चालक लामिछानेले बताउनुभयो । जीप छेडेर बायाँ खुट्टाको गोली गाँठोमा लागेको गोली अप्रेसनपछि निकालिएको चालकका दाई रामप्रसाद लामिछानेले बताउनुभयो । घाइते चालक लामिछानेको अहिले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भैइरहेको छ । घटनामा संलग्न व्यक्तिहरुको व्यापक खोजी भैइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports