Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार कालिकोट

2015-01-01

Karnali, Kalikot, Khandachakra

 मान्म गाविस- ५ का ३० वर्षीय मदन विकलाई २६ वर्षीया पत्नि गौरा विकलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मान्मले चैत ११ गते गिरफ्तार गरेको छ । आरोपित मदनले तीन महिना अगाडि पत्नी गौरालाई कुटपिट गरी घरनिकाला गरेपछिसोही गाविस -३ स्थित माइतीघरमा बस्दै आएकी थिइन् । चैत ११ गते पीडित विकलाई बाटोमा हिँडिरहेका बेला कुन पुरुषसँग लागेकी छेस् भन्दै पतिले छातीमा ढुङ्गाले हानेको पीडित विकले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । "म माइती घरको नजिकै बाटोमा हिडिरहेकी थिएँ अत्यधिक मदिरा सेवन गरेका मेरा पतिले को सँग लागेकी छेस् भन्दै ढुङ्गा र लात्तीले कुटेपछि मैले प्रहरी कार्यालयमा निवेदन दिएकी हुँ" पीडित विकले बताइन् । पतिको कुटाइबाट पीडित महिलाको छातीमा चोट लागेका कारण जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ। कालिकोटका प्रहरी प्रमुख डीएसपी लक्ष्मण गुरुङले आरोपितले बारम्बार पत्नीलाई दुख दिएका कारण गिरफ्तार गरी कानूनी प्रक्रिया अगाडि बढाइएको बताए । कालीबहादुर मल्ल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments