Incident Reports

नेपाली भूमि छिरेर भारतीय वन रक्षकले चलाए गोली

2015-03-28

Lumbini, Bardiya, Gulariya

बर्दियासँग सीमा जोडिएको नेपाली भूमिमा पसेर भारतीय वन रक्षकले नेपालीमाथि गोली प्रहार गरेका छन् । भारतीय सीमा नजिकैको मुर्तिया रेञ्जपोष्टका वन रक्षकहरुले नेपालीमाथि गोली चलाएका हुन् । गोली लागि रमेश लोध घाइते भएका छन् । उनको आँखामा छर्रा लागेको छ । बर्दियासँगै सीमा जोडिएको दशगजानजिकै ६१ र ६२ नम्बरको सीमा स्तम्भको बीचमा ५ सय मिटर भित्र आई भारतीय वन रक्षकले गोली चलाएका हुन् । दशगजा नजिकैको सीताराम लोधको खेलमा मुसुरो काट्न गएका रमेश लोध, भेरी लोध, चोपो लोध र बुद्धि लोधलाई ताकेर भारतीय वन रक्षकले गोली चलाएका हुन् । उनीहरुले ५ राउण्ड गोली हानेको पीडितहरुले बताएका छन् । घाइतेलाई उपचारको लागि बर्दिया जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुले १२ बोरको बन्दुकबाट गोली चलाएको र घटनास्थलमा एउटा खोका बरामद गरिएको प्रहरी नायब उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । घटनास्थल सदरमुकाम गुलरियाबाट ५ किलोमिटर दक्षिण पर्छ । गोली प्रहारको घटनालगत्तै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा बैठक डाकिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Light weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports